कारोबार


सर्वोत्तम सिमेन्टद्वारा १५ प्रतिशत लाभांश पारित

सर्वोत्तम सिमेन्टद्वारा १५ प्रतिशत लाभांश पारित

नेपालखबर
बैशाख १३, २०८१ बिहिबार १९:५५, काठमाडौँ

सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले आफ्नो पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

रुपन्देहीको सिद्धार्थ नगरपालिका भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बुधबार कार्यक्रम सम्पन्न भएको हो।

सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आव २०७१/०८० को नाफा नोक्सान हिसाब सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण, आर्थिक वर्ष २०८०’०८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्तावसहित कम्पनीले आफ्नो चुक्ता पुँजीको १५ प्रतिशत (कर सहित) नगद लाभांश बाँड्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।

सभाले संस्थापक सेयरधनी समूहबाट ५ जना सञ्चालकहरू विष्णुप्रसाद न्यौपाने, विमल कुमार सावरथिया, टिकाराम न्यौपाने, तेन्जीङ लाग्देन तामाङ, उत्सव न्यौपाने तथा सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एकजना सञ्चालकमा शिवसिंह कार्की निर्विरोध निर्वाचित भएका छन्। साथै, स्वतन्त्र सञ्चालकमा एकजना नेहा अग्रवाललाई मनोनित गरिएको छ।

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष केसीले कम्पनीका सबै सञ्चालक समिति, ग्राहक, कर्मचारी वर्ग तथा शेयरधनीहरु प्रति आभार प्रकट गर्दै हालका विभिन्न चुनौतीहरुको सामना गर्दै सर्वोत्तम सिमेन्टलाई एक उत्कृष्ट कम्पनी बनाउने प्रतिबद्धता जनाएका छन्।

साथै उनले सर्वोत्तम सिमेन्टले नाम जस्तै सिमेन्टको सर्वोत्तम गुणस्तरमा निरन्तरता दिँदै आफ्नो स्थापना पश्चात हालसम्म ६ करोड ७२ लाख ६८ हजार २१ बोरा सिमेन्ट र २८ लाख ८६ हजार १६६ टन किल्ङकर उत्पादन गरी बिक्री गर्न सफल भएको जानकारी गराएका छन्।

सर्वोत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भीआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो। ३००० मेट्रिक टन प्रति दिन क्षमता भएको सिमेन्ट प्लान्ट तथा ३००० मेट्रिक टन प्रति दिन क्षमता भएको क्लिंकर प्लान्टका साथ आईएसओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण मैत्री प्रमाणित र नेपाल गुणस्तरका साथै भारत गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वोत्तम ओपीसी र सौरभ ग्रिन पीपीसी नामक ब्राण्डका सिमेन्टहरु नेपालभर बिक्रीवितरण गरिरहेको छ भने भारतमा समेत निर्यात गर्दै तथा लोकप्रियता कमाउँदै आएको छ।

साथै कम्पनीले आफ्नो वितरण प्रणाली मजबुत गर्दै नेपालको पूर्वी क्षेत्रमा बजार विस्तारको लागि आफ्नो सत प्रतिशत लगानी रहेको सहायक कम्पनी मार्फत झापा भद्रपुरमा रहेको ३०० टन प्रति दिनको क्षमता रहेको मनषा सिमेन्ट इन्डष्ट्रिज प्रालि खरिद गरी हाल परीक्षण उत्पादन सुरु गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .