ad ad

कारोबार


थापाथलीमा आयन ब्रान्डको ‘आइकोनिक शोरुम’ (तस्बिरहरू)

थापाथलीमा आयन ब्रान्डको ‘आइकोनिक शोरुम’ (तस्बिरहरू)

विनोद चौधरी र चिनियाँ राजदूत छन सोङले नयाँ शोरुमको बिहीबार उद्घाटन गरेका हुन् (तस्बिर : विशाल कार्की)


नेपालखबर
जेठ १०, २०८१ बिहिबार १२:३२, काठमाडौँ

थापाथलीमा आयन ब्रान्डको ‘आइकोनिक शोरुम’ सञ्चालनमा आएको छ।

चौधरी ग्रुपअन्तगर्तको सीजी मोटर्सले आयनका मोडल शोकेसमा राखेको हो। 

थापाथलीमा सीजी ग्रुपका अध्यक्ष विनोद चौधरी र चिनियाँ राजदूत छन सोङले नयाँ शोरुमको बिहीबार उद्घाटन गरे।

व्यवसायी राजिव शाहले फरक शैलीको अटो शोरुम निर्माण गरेका छन्। यसमा सीजी मोटर्सले पहिलो ब्रान्डको रुपमा विद्युतीय आयन ब्रान्ड प्रदर्शनमा राखेको छ। 

चिनियाँ कम्पनी जीएसी मोटर्सले आयनका ब्रान्ड उत्पादन गरिरहेको छ। विश्व बजारमा बीवाईडी, टेस्लापछि आयन बढी बिक्री हुन्छ। चिनियाँ बजारमा मार्केट सेयरको रुपमा दोस्रोमा छ। 

राजदूत सोङले नेपाल र चीनको सम्बन्ध धेरै पुरानो भएको बताउँदै चीनले विकास गरिरहेको नयाँ प्रविधिको प्रयोग नेपालमा बढ्दो रहेको सुनाए। विश्व बजारमा विद्युतीय गाडीको खपतमा नेपाल अघि रहेको सोङ बताउँछन्। 

‘कसैले नेपाललाई जलवायु परिवर्तनसम्बन्धी लेक्चर दिन थाले नेपालले विद्युतीय गाडीमा अग्रणी रहेको खुलेर भन्न सक्छ’, उनले भने। 

चौधरी ग्रुपले नेपालमा भित्र्याएको आयन ब्रान्ड चीन र विश्व बजारमा जस्तै सफल हुने विश्वास व्यक्त गरे। 

सीजी मोटर्सका प्रबन्धनिर्देशक निर्वाण चौधरीले नेपाल विद्युत् उत्पादन गर्ने देश भएकाले विद्युतीय गाडी बजार बढ्नु सुखद भएको बताए। विद्युतीय गाडीले विश्व बजारमा नेतृत्व गर्दै गएको बताउँदै नेपालमा पनि माग बढ्दो रहेको सुनाए। 

आयन इन्टरनेशनलका उपमहाप्रबन्धक वाङ सेन चेनले ग्रहाकहरुको सेवा नै कम्पनीको मुख्य प्राथमिकता हुने बताए। 

नेपालमा भित्रिएको आयन वाई २०२३ मा चिनियाँ बजारमा २ लाख ३० हजार बिक्री भएको थियो। यसको ग्राउन्ड क्लियरेन्स १८३ एमएम छ।

गाडीले एक पटकको चार्जमा ४९० किमिको रेन्ज दिन्छ। यसको ब्याट्री क्षमता ६१.५ किलोवाट आवर छ। 

कम्पनीले प्रिमियर मोडलको रुपमा आयन हाइपर यो वर्षको अन्त्यसम्म नेपाल ल्याउनेछ। त्यसको मूल्य करिब ८० लाख हाराहारी हुने अनुमान गरिएको छ।

सबै तस्बिर : विशाल कार्की/नेपालखबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .