ad ad

कारोबार


उदयपुर र हेटौंडा सिमेन्ट उद्योगमा महाप्रबन्धक नियुक्त गर्दै सरकार

उदयपुर र हेटौंडा सिमेन्ट उद्योगमा महाप्रबन्धक नियुक्त गर्दै सरकार

नेपालखबर
जेठ १०, २०८१ बिहिबार १४:१३, काठमाडौँ

उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा ३ जनाको नाम सिफारिस भएको छ। महाप्रबन्धक पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्तिमा सिफारिस समितिले ३ जनाको नाम पठाएको हो। 

उद्योग मन्त्रालयका अनुसार बझाङको जयपृथ्वी नगरपालिका घर भएका इन्जिनियर गोरखबहादुर जोशी, काठमाडौंका संजय कुमाल लाल र भक्तपुरका सुरेश कुमार कार्की सिफारिस भएका छन्। 

उद्योग मन्त्रालयले २०८० भदौ २३ गते दरखास्त आह्वान गरेको थियो। जसमा सबैभन्दा बढी अंक प्राप्त गर्ने ३ जनाको नाम सार्वजनिक गरेको छ। 

बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै छ। उद्योग मन्त्रालयको सिफारिसमा महाप्रबन्धक नियुक्त गर्ने सम्भावना छ। 

त्यस्तै मन्त्रालयले हेटौंडा सिमेन्ट उद्योगको रिक्त पदमा ३ जनाको उम्मेदवारी स्ववीकृत गरेको छ। सप्तरीका सञ्जीव कुमार देव, मकवानपुरका नरेन्द्र भण्डारी र सिन्धुपाल्चोकका ई कृष्णभद्र आर्यालको उम्मेदारी स्वीकृत गरेको छ। 

बैतडीका शंकर सिंह विष्टले पेश गरेको अनुभवसम्बन्धी कागजातमा न्यूनतम अवधि पूरा नदेखिएकाले दरखास्त अस्वीकृत गरेको छ। 

मन्त्रालयले जेठ १३ गते ३ उम्मेदवारलाई अन्तर्वार्ताको लागि बोलाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .