ad ad

कारोबार


नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्‍यो वित्तीय समावेशीकरण नीति

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्‍यो वित्तीय समावेशीकरण नीति

नेपालखबर
जेठ १८, २०८१ शुक्रबार १३:५४, काठमाडौँ

नेपाल राष्ट्र बैंकले वित्तीय समावेशीकरण नीति २०८१ सार्वजनिक गरेको छ। 

वित्तीय सेवा विस्तार, वित्तीय साक्षरता प्रवर्द्धन तथा वित्तीय ग्राहक संरक्षणसहितको प्रतिवेदन राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको हो। 

राष्ट्र बैंकले समावेशी वित्तीय पहुँच, वित्तीय साक्षरता, वित्तीय शिक्षा, वित्तीय ग्राहक संरक्षण, डिजिटल प्रविधिमा नवप्रवर्तन, लघु साना तथा मझौला उद्योग/व्यवसायलाई प्रवर्द्धन, लैङिगक तथा वातावरणमैत्री बैंकिङ प्रवर्द्धन, दिगो र फराकिलो आर्थिक विकास, वित्तीय पूर्वाधारको विकास, नियामकीय भूमिका, तथ्यांक संकलन, विश्लेषण तथा मूल्यांकन, साझेदारी र सहकारर्य र आवधिक सर्वेक्षण मापनसहितको नीति सार्वजनिक गरेको हो। 

नीतिले वित्तीय सेवा र पहुँचमा विस्तार, उद्यमशीलता तथा आर्थिक गतिविधिमा विस्तार, साक्षरता प्रवर्धन, ग्राहकको हित संरक्षण र तथ्यांक संकलन र मापनलाई प्राथमिकतामा राखेको छ।

तल पढ्नुहोस् :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .