ad ad

कारोबार


पुरानो धरहरा संरक्षण गर्न सरकारले छुट्यायो १ करोड

पुरानो धरहरा संरक्षण गर्न सरकारले छुट्यायो १ करोड

नेपालखबर
जेठ २८, २०८१ सोमबार १७:११, काठमाडौँ

सरकारले पुरानो धरहराको संरक्षण गर्न १ करोड रुपैयाँ  छुट्याएको छ।

सहरी विकास विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यन्वयन एकाइका लागि १ करोड रुपैयाँ छुट्याएको हो। 

२०७२ सालको भूकम्पपछि धरहरा भत्किएको थियो। पुरानो धरहराको छेउमा नयाँ धरहरा खडा भए पनि अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन। 

त्यस्तै सुन्धारामा पानीको प्राकृतिक स्रोत तथा निकास व्यवस्थापन गरी संरक्षण गर्ने कामका लागि २ करोड रुपैयाँ बजेट छुट्याएको छ। आगामी वर्षमा यी दुवै काम सक्ने योजना रहेको छ।

धरहरा पुनर्निर्माण परामर्श सेवा खरिदको लागि २० लाख रुपैयाँ छ।

धरहरा हस्तान्तरण मोडालिटी तयार गर्न परामर्श सेवाका लागि ५ लाख विनियोजन गरेको छ। 

निर्माणाधीन धरहरा पुनःनिर्माणको लागि २५ करोड रुपैयाँ रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .