ad ad

कारोबार


सप्तकोशी डेभलपमेन्ट बैंकका पूर्वसीईओ सुवेदीलाई साढे ३ महिना कैद, २ करोड बढी जरिवाना

सप्तकोशी डेभलपमेन्ट बैंकका पूर्वसीईओ सुवेदीलाई साढे ३ महिना कैद, २ करोड बढी जरिवाना

पूर्वसीईओ नविन सुवेदी


नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार १४:४१, काठमाडौँ

सप्तकोशी डेभलपमेन्ट बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (पूर्वसीईओ) नवीन सुवेदीलाई सम्पत्ति शुद्धीकरणको कसुरमा साढे ३ महिना कैद सजाय भएको छ।  

विशेष अदालतबाट सम्पत्ति शुद्धीकरण कसुरमा यसअघि नै दोषी ठहर भएका सुवेदीलाई शुक्रबार सजाय निर्धारण भएको हो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले पूर्वसीईओ सुवेदीलाई २ करोड ३७ लाख ५४ हजार ४ सय १० रुपैयाँ जरिवानाका साथै ३ महिना १८ दिनको कैद सजाय तोकेको हो। 

अदालतले सुवेदीले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३ को उपदफा १ को खण्ड (क) (ख) र (ग) ले निषेधित कार्य गरेको ठहर गरेको छ। 

सो ऐनको दफा २० को उपदफा ७ बमोजिम जरिवाना र कैद सजाय गरेको अदालतले जनाएको छ।

सम्बन्धित समाचार-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .