ad ad

कारोबार


त्रिविको जग्गा अतिक्रमण र हिनामिनाबारे थाहा छ? समितिले माग्यो सहयोग

त्रिविको जग्गा अतिक्रमण र हिनामिनाबारे थाहा छ? समितिले माग्यो सहयोग

नेपालखबर
असार ५, २०८१ बुधबार १२:५१, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिले सर्वसाधारणसँग यससम्बन्धी सूचना मागेको छ। 

गोरखापत्रमा एक सूचना जारी गर्दै समितिले त्रिविको जग्गा, भवनलगायत अचल सम्पत्तिको हिनामिना, अतिक्रमण भएको कुनै विषयमा जानकारी प्राप्त भएको भए समितिको सचिवालयमा फोन वा इमेलमार्फत उपलब्ध गराइदिन सर्वसाधारणसँग अनुरोध गरेको छ। 

गत जेठ १७ गते समिति गठन भएको थियो। यसको सचिवालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारमा छ। 

जानकारी हुनेले ०१४२११९६५ वा यो इमेल (sushila.adhikari@nepal.gov.np) मा उपलब्ध गराउन सक्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .