ad ad

कारोबार


जेठमा बढ्यो निर्जीवन बिमा कम्पनीको व्यवसाय, थपिए करिब साढे २ लाख बिमालेख

जेठमा बढ्यो निर्जीवन बिमा कम्पनीको व्यवसाय, थपिए करिब साढे २ लाख बिमालेख

नेपालखबर
असार ९, २०८१ आइतबार १७:२८, काठमाडौँ

जेठ महिनामा करिब साढे दुई लाख वटा नयाँ बिमालेख थपिएका छन्।

नेपाल बीमा प्राधिकरणका अनुसार जेठ महिनामा २ लाख ३४ हजार ३ सय ४४ वटा बिमालेख जारी भएका हुन्। 

यो अवधिमा ३ अर्ब ५० करोड ३० लाख रुपैयाँ बराबरको नयाँ बिमालेख जारी भएका हुन्। गत वैशाखमा निर्जीवन बिमातर्फ २ अर्ब ९१ करोड रुपैयाँबराबरको २ लाख १६ हजार ४०१ वटा बिमालेख जारी भएका थिए। 

वैशाखको तुलनामा निर्जीवनतर्फका बिमा कम्पनीहरुले व्यापार बढाएका हुन्। 

कुल २ लाख ३४ हजारमध्ये लघुबिमामा १८ हजार ७ सय ३४ वटा बिमालेखा जारी हुँदा २  लाख १५ हजार वटा निर्जीवन बिमालेख जारी भएका हुन्।

समग्रमा जेठसम्म आइपुग्दा लघु बिमासहित ३६ अर्ब ५६ करोड रुपैयाँको २७ लाख १३ हजार ७१ वटालेख जारी भइसकेका हुन्।

निर्जीवनतर्फ सबैभन्दा धेरै बिमालेख जारी गर्नेमा शिखर इन्स्योरेन्स अगाडि छ। यो इन्स्योरेन्सले जेठ महिनामा मात्रै २४ हजार ४८० वटा बिमालेख जारी गरेको हो। 

जेठ महिनामा सबैभन्दा थोरै नेशनल इन्स्योरेन्स छ। यसले एक महिनामा २ हजार १ सय ८८ वटा मात्रै बिमालेख जारी गरेको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .