ad ad

कारोबार


अर्थका ५ सहसचिवको आन्तरिक सरुवा, को कहाँ?

अर्थका ५ सहसचिवको आन्तरिक सरुवा, को कहाँ?

नेपालखबर
असार ११, २०८१ मंगलबार १६:१५, काठमाडौँ

अर्थ मन्त्रालयले ५ जना सहसचिवहरुको आन्तरिक सरुवा गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ सहसचिवविरुद्ध मुद्दा दायर गरेको थियो। सोसँगै उनीहरु निलम्बनमा परेपछि मन्त्रालयले जिम्मेवारी हेरफेर गरेको हो।

अर्थ मन्त्रालयका अनुसार रामप्रसाद आचार्यलाई प्रशासन महाशाखा प्रमुख र नरेन्द्र रानालाई बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ। 

त्यस्तै नारायण सापकोटालाई प्रशासन प्रमुखबाट महालेखा नियन्त्रकको कार्यालय, सुशीला अर्याललाई महालेखा नियन्त्रकको कार्यालय र रामकुमार महतोलाई भन्सार विभागको उपमहानिर्देशकमा सरुवा गरिएको छ।

अख्तियारले बजेट महाशाखा प्रमुख रितेश शाक्य र भन्सार विभागका उपमहानिर्देशक टंक पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .