ad ad

बागमती


बागमतीका मन्त्रीहरू गैर जिम्मेवार भए : सांसद पहाडी

बागमतीका मन्त्रीहरू गैर जिम्मेवार भए : सांसद पहाडी

नेपालखबर
असार ११, २०८१ मंगलबार १६:२९, मकवानपुर (हेटौंडा)

बागमती प्रदेशका सांसद रामकुमार पहाडीले प्रदेशका मन्त्रीहरू गैरजिम्मेवार भएको बताएका छन्। बजेट भाषणमा मन्त्री अनुपस्थित हुने र बजेटमाथिको छलफलमा पनि अनुपस्थित भएको भन्दै उनले मन्त्रीहरू गैरजिम्मेवार बनेको आरोप लगाएका हुन्। 

मंगलबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारको ६ वटा मन्त्रालयको विनियोजन माथि छलफल गर्दै सांसद पहाडीले बागमतीका मन्त्रीहरुको गैरजिम्मेवारीपनका कारण संसद भवन केटाकेटी खेल जस्तो भएको बताएका हुन्।  

‘बजेट भाषणको दिन माननिय संस्कृति पर्यटन तथा सहकारी मन्त्री ज्यू उपस्थित हुनुहुन्थ्यो। त्यसपछिको बैठकमा पनि उपस्थित हुनुभएको छैन,’ सांसद पहाडीले भने, ‘संसदको यो भन्दा ठूलो अपमान के हुन सक्छरु मन्त्रीहरुमा जवाफदेहिता हुनपर्छ। मन्त्रीहरुमा जिम्मेवारी भन्ने हुनपर्छ। कर्तव्यबोध हुनपर्छ। त्यो भएन भने त्यो केटाकेटी खेल भन्दा शिवाय केही हुँदैन।’

मंगलबार (आज) बाट सुरु भएको प्रदेश सरकारको मन्त्रालयको विनियोजन माथि छलफल प्रायोजनमा बसेको बैठकमा संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्रचार्य र श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल अनुपस्थित छन्।

मन्त्रीद्वय बज्रचार्य र लम्साल सदनमा अनुपस्थित भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ती दुई मन्त्रालयमाथिको छलफलको सूची हटाउन सभामुख भुवन कुमार पाठक समक्ष अनुरोध गरेको थियो।

सोही बमोजिम पर्यटन मन्त्रालय र श्रम रोजगार मन्त्रालयको छलफल कार्यसूचिबाट हटाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .