ad ad

कारोबार


सुन आयातमा कोटा र करवृद्धिको विरोधमा उत्रिए व्यवसायी (तस्बिरहरू)

सुन आयातमा कोटा र करवृद्धिको विरोधमा उत्रिए व्यवसायी (तस्बिरहरू)

सरोज बैजु
असार १२, २०८१ बुधबार १४:२९, काठमाडौँ

काठमाडौंको न्युरोडका सुनचाँदी व्यवसायीले राष्ट्र बैंकको कदमको विरोध गर्दै प्रदर्शन गरेका छन्।

बुधबार उनीहरुले राष्ट्र बैंकले सुन आयातमा लगाएको कोटा र भन्सारमा लगाइएको कर वृद्धिको विरोधमा पसल बन्द गरेर विरोध प्रदर्शन गरेका हुन्।

व्यवसायीहरूले न्युरोड गेटदेखि ब्यानर र प्लेकार्डसहित सिट्ठी र नारा लगाउँदै प्रदर्शन  गरेका थिए।

अघिल्लो वर्ष राष्ट्र बैंकले दैनिक १० किलोग्राम (केजी) सम्म सुन आयात हुँदै आएको कोटा बढाएर दैनिक २० किलोग्रामसम्म आयात गर्न पाउने गरी नयाँ व्यवस्था गरेको थियो।

तर यसमा पनि भन्सार महँगो परेको भन्दै व्यापारीले विरोध गरेका हुन्।

तस्बिरहरू 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .