ad ad

कारोबार


वायुसेवा निगमले मनायो ६६औँ वार्षिकोत्सव

वायुसेवा निगमले मनायो ६६औँ वार्षिकोत्सव

नेपालखबर
असार १७, २०८१ सोमबार १६:५२, काठमाडौँ

नेपाल वायुसेवा निगमको ६६औँ वार्षिकोत्सव सोमबार मनाएको छ। 

कम्पनीले वैदिक विधिअनुसार आकाश भैरवको पूजा गरी वार्षिकोत्सव मनाएको हो। 

यही उत्सवमा एक समारोह आयोजना गरिएको थियो। कार्यक्रममा कार्यकारी अध्यक्ष युवराज अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले निगमलाई शुभकामना व्यक्त गरेका थिए। यस अवसरमा निगमले प्रभातफेरी कार्यक्रम गरेको छ। निगमको प्रधान कार्यालय कान्तिपथबाट सुरु भई न्यूरोड, भोटाहिटि, भद्रकाली, शहिदगेट हुँदै निगमको प्राङ्गणमा आई टुंगिएको थियो।

निगमको ६६औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत केन्द्रीय कार्यालयमा असार ७ गते सम्पूर्ण कर्मचारीहरुको लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो। असार १२ गते टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा पुरुषतर्फ निगमका का.मु उप–निर्देशक, प्रितम प्रसाद प्रधान प्रथम हुनु भएको थियो भने निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारी द्वितीय भएका थिए। 

महिलातर्फ निगमका उप–निर्देशक, सविना शाक्य प्रथम भएको निगमले जनाएको छ। यसै अवसरमा असार १३ गते निगमको केन्द्रिय कार्यालयमा र एयरपोर्टमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा निगमका २१८ जना कर्मचारीले रक्तदान गरेका थिए। त्यस्तै असार १४ गते शुक्रबार एयरपोर्ट टिम र प्रधान कार्यालय टिमबीच महिला–महिला, पुरुष–पुरुष मैत्रीपूर्ण फुटबल खेल आयोजना भएको थियो। 

आज वार्षिकोत्वसवको अवसरमा विजेताहरुलाई मन्त्री तामाङले मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए। 

सहभागी अन्य खेलाडीहरुलाई निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारी र नायव महाप्रबन्धक (प्रा.) डोलेश्वर कोइरालाले मेडल, ट्रफि तथा प्रमाणपत्र प्रदान गरेका थिए।

उक्त अवसरमा मन्त्री तामाङले निगमको हितमा हुने कार्यमा सधैँ आफ्नो साथ सहयोग रहने जनाउँदै नेपाल वायुसेवा निगमको ६६ वर्षको गर्विलो इतिहास कायम राख्दै इमान्दारीपूर्वक काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए। 

त्यसैगरी निगमको कार्यकारी अध्यक्ष अधिकारीले आमन्त्रित सबैलाई सहभागिताको लागि धन्यवाद ज्ञापन गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .