जुनमा ६.२१ प्रतिशतले पर्यटक बढेका छन्। २०२३ को तुलनामा विदेशी पर्यटक आगमन साढे ४ हजार बढेका हुन्।
पर्यटन बोर्डले संकलन गरेको तथ्यांकअनुसार २०२४ को जुनमा ७६ हजार ७३६ पर्यटक भित्रिएका छन्।
गत वर्ष सोही अवधिमा ७२ हजार २५० पर्यटक भित्रिएका थिए। यसअघि सबैभन्दा २०१९ मा ७४ हजार ८८३ पर्यटक भित्रिएका थिए।
पर्यटक आउने मुख्य ५ देशमध्ये भारतीय ३७ हजार ८३५, अमेरिकन ८ हजार २८१, चाइनिज् ७ हजार ४९४, बंगलादेशी ३ हजार ८५७ र बेलायतबाट १ हजार ९६९ पर्यटक भित्रिएका छन्।
54
Shares
प्रतिक्रिया