ad ad

कारोबार


भन्सार महशुल विधेयक, २०८१ राष्ट्रियसभाबाट सर्वसम्मतले पारित

भन्सार महशुल विधेयक, २०८१ राष्ट्रियसभाबाट सर्वसम्मतले पारित

नेपालखबर
असार ३१, २०८१ सोमबार १७:५०, काठमाडौँ

राष्ट्रियसभाले भन्सार महशुल विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ।

सोमवार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भन्सार महशुल विधेयक, २०८१ लाई मुल रुपमै सुझाव बिना पारित गरी प्रतिनिधि सभामा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८१ लाई सुझावसहित पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको हो। सरकारको तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभा समक्ष पेश गरेका हुन्।

प्रस्तावमाथि छलफल भइ अर्थमन्त्री पौडेलले जवाफ दिएसँगै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अर्थमन्त्री पौडेलले पारित गर्नका लागि प्रस्तुत गरेको सो प्रस्ताव सर्वसहमतिले पारित गरेको घोषणा गरे।

राष्ट्रिय सभाको अर्को बैठक साउन ४ गते सवा १ बजे बस्नेगरी स्थगित भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .