भारतले नेपालसँग जोडिएको राज्य बिहारलाई बाढीबाट जोगाउन नेपालमा बाढी नियन्त्रण संरचनाहरु बनाउने योजना अघि सारेको छ।
वित्तमन्त्री निर्मला सीतारमणले सार्वजनिक गरेको आव २०२४÷२५ को बजेटमा यसका लागि १ खर्ब १५ अर्ब भारु छुट्याएकी हुन्।
द्रुत सिँचाइ लाभ कार्यक्रम र अन्य स्रोतबाट आयोजनाका लागि आवश्यक उक्त बजेट जुटाइने भारतीय बजेटमा उल्लेख छ। यसअन्तर्गत ब्यारेज निर्माण, नदी प्रदूषण नियन्त्रण र सिँचाइ कार्यक्रमहरु कार्यान्वयन हुनेछन्। कोशी नदीजनित समस्या समाधानका लागि सर्वे गरिने पनि उल्लेख छ।
बाढी नियन्त्रणसम्बन्धी परियोजनाहरु आसाम, हिमाचल, उत्तराखण्ड, सिक्किम लगायतमा पनि कार्यान्वयन गरिनेछन्।
105
Shares
प्रतिक्रिया