ad ad

कारोबार


सौर्य जहाज दुर्घटना : नागरिक उड्डयनमन्त्री पाण्डेसहित प्राविधिक टोलीले गर्‍यो दुर्घटनास्थल निरीक्षण

सौर्य जहाज दुर्घटना : नागरिक उड्डयनमन्त्री पाण्डेसहित प्राविधिक टोलीले गर्‍यो दुर्घटनास्थल निरीक्षण

नेपालखबर
साउन ९, २०८१ बुधबार १४:२७, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहितका प्राविधिक सौर्य एयरलाइन्स दुर्घटनास्थलमा पुगेका छन्। 

बिहान ११ः११ मा जहाज दुर्घटनामा परेको थियो। दुर्घटनास्थल निरीक्षण गर्नको लागि सबै प्राविधिक टोली त्रिभुवन विमानस्थलमा पुगेको हो। 

मन्त्रालयका सहसचिव हेमराज तामाङले मन्त्रालयका प्राविधिकको टोली निरीक्षणका लागि दुर्घटनास्थल पुगेको बताए। 

‘अहिले मन्त्री, कार्यवाहक सचिवसहित प्राविधिक कर्मचारी दुर्घटनास्थलमा जानुभएको छ’, सहसचिव तामाङले भने, ‘दुर्घटना जाँचबुझ समिति पछि बन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .