ad ad

कला


‘देवी’ को पोस्टरमा यस्तो छ गौरव र नाजिरको ‘लुक’

‘देवी’ को पोस्टरमा यस्तो छ गौरव र नाजिरको ‘लुक’

नेपालखबर
साउन ९, २०८१ बुधबार १४:४६, काठमाडौँ

नाजिर हुसेन, गौरव पहारी तथा शिल्पा मास्के स्टारर फिल्म ‘देवी’ को पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक दुइ पोस्टरमा नाजिर र गौरवको लुक देख्न सकिन्छ।

यसअघि नै मुख्य अभिनेत्री शिल्पाको पोस्टर सार्वजनिक भइसकेको छ।

एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको यस फिल्मले क्राइम थ्रिलर कथा पेस गर्ने जानकारी निर्माणपक्षले जनाएको छ। सञ्जोग राई निर्देशन रहेको यो फिल्म भदौ २१ गतेबाट रिलिज हुनेछ।

बाँसुरी फिल्म्ससँगको सहकार्य रहेको यो फिल्म नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ।

यसै फिल्मबाट निर्देशनमा डेब्यू गरिरहेका राईले आफ्नो सिनेमाले महिलामाथि हुने यौनहिंसा विरुद्धको कथा पेस गर्ने बताउँदै आफूले यसमा व्यावसायिक भन्दा पनि इमान्दार भएर एउटा राम्रो सिनेमा बनाउने प्रयास गरेको सुनाए।

फिल्ममा अभिनेत्री शिल्पा पत्रकार, गौरव अपराध अनुसन्धान गर्ने प्रहरी तथा नाजिर एक संस्था सञ्चालकको भूमिकामा छन्। फिल्ममा अभिनेता टीका पहारीको पनि अभिनय रहेको छ।

रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन्।

जोएल फ्रोमले छायांकन गरेको सिनेमाको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .