ad ad

कारोबार


चिरिबाबुको चेतावनी : उद्योगतिर जस्तै सडकबत्तीको लाइन काटे लडाइँ हुन्छ

चिरिबाबुको चेतावनी : उद्योगतिर जस्तै सडकबत्तीको लाइन काटे लडाइँ हुन्छ

नेपालखबर
साउन १७, २०८१ बिहिबार १५:२१, काठमाडौँ

ललतिपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाका मुल सडकमा जडान गरिएको सडक बत्तीको लाइन काटे आन्दोलन गर्ने चेतावनी दिएका छन्।

बिहीबार काठमाडौं उपत्यका मेयर्स फोरमले उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई भेट गर्ने क्रममा उनले प्राधिकरणले लाइन काट्नसक्ने भन्दै त्यसो नगर्न चेतावनी दिएका हुन्।

उनले स्थानीय सरकारको गठन पश्चात शहरी व्यवस्थापनका सन्दर्भमा उपत्यका भित्रका सार्वजनिक सडक, सम्पदा, पर्यटकीय स्थल लगायतका सार्वजनिक स्थलहरुमा सुन्दरता र सुरक्षा व्यवस्थापन कायम गर्न सडक बत्ती तथा सीसीटीभी व्यवस्थापन स्थानीय सरकारबाट हुँदै आएको बताए।

काठमाडौं उपत्यका भित्र पर्ने राजमार्ग, चक्रपथ लगायतका अधिकांश मुल सडकहरुमा जडान भएका सडक बत्तीहरुको बिल समेत स्थानीय सरकारको बिलमा समावेश गरिएको उनको गुनासो छ।

केन्द्रीय सरकार तथा प्रदेश सरकारको मातहतमा रहेका उक्त सडक तथा आयोजनाहरूमा जडित सडक बत्तीहरुको महशुलको विषय केन्द्रीय सरकार र प्रदेश सरकारकै दायित्व भित्र पर्ने उनले बताए।

उनले भने ‘आर्थिक वर्ष २०८०/२०८१ सम्मको बिजुली बत्तीको तिर्नुपर्ने पैसा कहिलेदेखि सुरु भयो भन्ने थाहा नै छैन। यति पैसा ललितपुर महानगरपालिकाले तिर भन्यो, यति पैसा चन्द्रागिरीले तिर भनेको छ। त्यति त तिर्न पनि सक्दैनौँ हामी। तिरेकै खण्डमा पनि भोलि त्यो बेरुजु निस्किन्छ।’

उनले आव२०८०/८१ सम्मको बिल भुक्तानी नेपाल सरकारले गर्ने पूर्वअर्थमन्त्री वर्षमान पुनबाट प्रतिवद्धता व्यक्त भएको अवगत गराउँदै आव २०८१/८२ देखिको बिल भुक्तानी स्मार्ट सडक बत्ती जडानमा अवलम्बन गरिएको मोडल (स्थानीय तहबाट ६० प्रतिशत र नेपाल विद्युत प्राधिकरणवाट ४० प्रतिशत) अनुसार स्थानीय पालिका मातहतका सडक, सम्पदा, पर्यटन स्थल र सार्वजनिक स्थलमा जडित विद्युतको मात्र महशुल भुक्तानी गर्ने प्रतिवद्धता व्यक्त गरे।

तर प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगहरुमा झैँ विद्युत काटिदिनसक्ने भन्दै त्यसो नगर्न चेतावनी दिए। उनले विद्युत काटिएको खण्डमा आन्दोलन सुरु हुने बताए।

मेयर महर्जनले थपे, ‘गएको आर्थिक वर्ष २०८०/०८१ सम्मको हामीले सबैलाई तिर्न नपर्ने गरिदिने र त्यसपछि हामी पैसा तिर्छौं। तर तिर्ने फर्म्याट के त? ६० प्रतिशत हामी तिर्छौं, ४० प्रतिशत सरकारले तिर्नुपर्छ। पछिल्लो कालखण्डमा गएर केही बत्तीहरु काटेको सुन्नमा आयो। त्यसपछि प्रधानमन्त्रीज्यूलाई आग्रह गरेका थियौँ। यसलाई टुंग्याइदिनुपर्छ। सम्भवतः कुलमान घिसिङले फेरि अस्ति उद्योगतिर बत्ती काटे जस्तै हामीतिर पनि काट्यो भने लडाईं हुन्छ, यो त राम्रो हुँदैन।’

मेयर महर्जनले स्थानीय सरकारले गरेका कामले नै सरकारलाई सुरक्षित बनाइरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .