ad ad

कला


फिल्म ‘१२ गाउँ’ को पोस्टरमा यस्तो देखिए विराज र समीर

फिल्म ‘१२ गाउँ’ को पोस्टरमा यस्तो देखिए विराज र समीर

नेपालखबर
साउन १७, २०८१ बिहिबार १५:३२, काठमाडौँ

चर्चित अभिनेता विराज भट्टको फिल्म ‘१२ गाउँ’ को नयाँ पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा विराजसहित उनका छोरा समीर भट्ट फिचर्ड छन्।

क्यारेक्टर लुक पोस्टरमा दुवैलाई एक्सन अवतारमा देख्न सकिन्छ। यसै फिल्मबाट समीरले फिल्मक्षेत्रमा डेब्यु गर्देछन्। चाडै फिल्मको टिजर सार्वजनिक गरिने निर्माणटिमको योजना छ।

समिरले विगत १० वर्षदेखि भारतको मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम तथा जिम्न्यास्टिकको प्रशिक्षण लिएर फिल्म खेलेका हुन्। नेपाली सिनेमा इतिहासकै उच्च स्तरीय एक्सन पस्किदै अन्तर्रराष्ट्रिय स्तरमा लैजाने विश्वास निर्देशक तथा अभिनेता भट्टको छ।

नेपालसहित भारतमा छायाङ्कन गरिएको यो फिल्म आगामी दसैँमा रिलिज हुनेछ।

यसै फिल्मबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गर्दैछन्।

फिल्ममा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर ९इकु०, तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय छ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको फिल्ममा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ। एक्सन- थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन्।

तमिल तथा कन्नड सिनेमामा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन्।

विराजले ५ वर्षपछि दोस्रो फिल्म निर्माण र निर्देशन गर्न लागेका हुन्। २०७६ सालमा पहिलोपटक विराजले फिल्म ‘साङ्लो’ बनाएका थिए। जुन फिल्ममार्फत पूर्व मिस नेपाल निकिता चण्डकले डेब्यु गरेकी थिइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .