ad ad

कारोबार


एमसीसीअन्तर्गत १८ किमि सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर

एमसीसीअन्तर्गत १८ किमि सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर

नेपालखबर
भदौ १४, २०८१ शुक्रबार १३:४९, काठमाडौँ

एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत विद्युत् प्रसारण आयोजनाको एक महत्त्वपूर्ण अंश १८ किमि सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा एमसीए-नेपालले हस्ताक्षर गरेको छ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा निर्माणाधीन ४०० केभी क्षमताको नयाँ बुटवल सबस्टेसनदेखि नेपाल-भारत सीमासम्म २१ महिनाको करार अवधिमा निर्माण गरिने यो प्रसारण लाइन १२३.६० लाख अमेरिकी डलरको हो।

शुक्रबार अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, एमसीसी तथा एमसीए-नेपालका पदाधिकारीको उपस्थितिमा आयोजित समारोहमा एमसीए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र ट्रान्सरेल लाइटिङ लिमिटेडका प्रतिनिधि अमोल वाङ्खेदेले सम्झौतामा हस्ताक्षर गरेका हुन्। 

अर्थ मन्त्रालयका सचिव एवं एमसीए-नेपाल सञ्चालक समितिका अध्यक्ष डा. रामप्रसाद घिमिरेले भने, ‘निर्माण सम्झौता सम्पन्न भइसकेका कूल १२.६० करोड अमेरिकी डलर बजेटयुक्त तीनवटा सबस्टेसनसहित यो १८ किमि प्रसारण लाइनले नेपालको ऊर्जासम्बन्धी आन्तरिक लक्ष्य हासिल गर्नुका साथै क्षेत्रीय ऊर्जा बजारमा नेपाललाई स्थापित गराउन नेपाललाई सघाउने सन्दर्भमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।’

नेपाल सरकारको लगानी र अमेरिकी सरकारको अनुदानमा एमसीसी कार्यान्वयन भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .