ad ad

कारोबार


तारा एयरले पोखरा–जोमसोम उडान गर्ने, रामेछाप–लुक्ला असोज ४ देखि नियमित

तारा एयरले पोखरा–जोमसोम उडान गर्ने, रामेछाप–लुक्ला असोज ४ देखि नियमित

नेपालखबर
भदौ १७, २०८१ सोमबार १५:१७, काठमाडौँ

तारा एअरले प्रतिकुल मौसमका कारण बन्द गरेको पोखरा–जोमसोम नियमित उडान मंगलबार (भदौ १८ गते) बाट नियमित गर्ने भएको छ।

पर्यटक सिजन सुरु हुन लागेको र मौसम पनि खुल्ने समय सुरु भएकोले उडान नियमित हुन लागेको तारा एयरले जनाएको छ।

जोमसोमको नियमित उडानका लागि तारा एअरले एउटा विमान पोखरामै रात्रि बिसान गर्नेछ। हालका लागि मौसम अनुकुल भए दैनिक ५ वटा उडान गर्ने गरि तालिका मिलाएको छ। तारा एअरको उडान पोखराको पुरानो एअरपोर्टबाटै सञ्चालन हुनेछ।

मुस्ताङ जिल्लामा अवस्थित जोमसोम विमानस्थल समुन्द्री सतहबाट २७३६ मिटर उचाइमा रहेको छ भने यस एअरपोर्टको लम्बाई ७३९ मिटर रहेको छ।

यसैगरी पर्यटक सिजनका लागि तारा एअरले रामेछाप–लुक्ला– रामेछापका लागि असोज ४ अर्थात सेप्टेम्बर २० देखि नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ। सगरमाथा क्षेत्रमा जाने पर्यटकह–का लागि विभिन्न वायुसेवा कम्पनीहरुले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लासम्म पर्यटक सिजनमा उडान गर्दै आएका छन्।

यो सिजनका लागि तारा एअरको २ वटा ट्वीनअटर विमानले  रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि दैनिक १० देखि १५ फ्लाईट गर्ने तालिका राखेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधिक हवाई ट्राफिक बढेसँगै पछिल्लो समय एयरलाइन्सहरूले रामेछापको मन्थलीलाई आधार बनाई लुक्लाका लागि उडान भर्दै आएका हुन्। रामेछाप विमानस्थलमा ताराका दुईवटै विमानले रात्री बिसान गरि डिसेम्बर १५ सम्म नियमित उडान गर्ने तालिका रहेको जानकारी तारा एअरले दिएको छ।

तारा एअरले रामेछापदेखि लुक्लाको साथै  काठमाडौंदेखि लुक्ला, फाप्लु, पोखराबाट जोमसोम तथा नेपालञ्जबाट रारा, हुम्ला, बाजुरा, जुम्ला, डोल्पा लगायतका दुर्गम क्षेत्रमा समेत उडान सेवा दिँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .