ad ad

कारोबार


नेपाली उत्पादनलाई प्रोत्साहन गर्न भृकुटीमण्डपमा तीन दिने मेला (तस्बिर)

नेपाली उत्पादनलाई प्रोत्साहन गर्न भृकुटीमण्डपमा तीन दिने मेला (तस्बिर)

नेपालखबर
असोज १९, २०८१ शनिबार १९:४८, काठमाडौँ

नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शनीको आयोजना गरिएको छ।

असोज १७ गतेदेखि १९ गतेसम्म भएको प्रदर्शनीमा नेपाली हस्तकलाका दर्जनौँ उत्पादनहरू राखिएको थियो।

हिमालयन इन्टरनेशनल एक्सपो नाम दिईएको उक्त प्रदर्शनीमा अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूइँकटहरलगायत प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन साथै पश्मिना, स्टोन, माला, क्युरियाका सामान, गलैँचा, गार्मेन्टका सामान, सिसा, पाइप, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहना, नेपाली ढाका कार्पेट जडीबुटी, सजावटका सामान लगायत पर्यटन उद्योगसँग सम्बन्धित सेवा पनि रहेको थियो।

नेपाली हस्तकलाको प्रवर्द्धनमा लामो समयदेखि लागिरहेको हिमालयन एक्स्पोले देश बाहिर पनि विभिन्न मुलुकमा मेला आयोजना गर्दै आएको छ।

यो एक्सपो लगत्तै जनवरी ३१ देखि फेब्रुअरी २ सम्म लास भेगसमा र अप्रिल ४–६ मा लस एन्जलसमा प्रदशनीको आयोजना हुने जनाएको छ।

यस्तै क्यानडा, बेलायतलगायत देशमा पनि आयोजना गर्ने लक्ष्य रहेको आयोजक हिमालयन इन्टरनेशनल एक्सपोका अध्यक्ष कपिल अधिकारीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .