समाजिक सञ्जालमा एनआईसी एसिया बैंकबाट आएको सूचना भाइरल भएपछि बैंकले सत्य नभएको बताएको छ।
सञ्जालमा बैंकको नामबाट ग्राहकले आफूसँग रहेको २९ रुपैयाँ पटक पटक रहे नरहेको भन्दै चेक गरेपछि विश्वास नभएको भए तपाईंको पैसा फिर्ता लानुस् भन्ने म्यासेज भाइरल भइरहेको छ।
बैंकले आफूहरुले त्यसरी म्यासेज नपठाउने बरु यो म्यासेज स्क्याम हुन सक्ने भन्दै ग्राहकलाई सचेत गराएको हो।
सामाजिक सञ्जालमा भेटिएको उक्त म्यासेजलाई लिएर आहिले विभिन्न मिमहरु बन्दै आएका छन्।
81
Shares
प्रतिक्रिया