ad ad

कारोबार


एयर अरेबियाले आबुधाबी–काठमाडौं नियमित उडान गर्ने

एयर अरेबियाले आबुधाबी–काठमाडौं नियमित उडान गर्ने

नेपालखबर
कात्तिक २, २०७७ आइतबार ६:५३,

संयुक्त अरब इमिरेट (युएई)को राजधानी आबुधाबीबाट एयर अरेबियाले नियमित काठमाडौं उडान गर्ने भएको छ। आबुधाबीबाट इत्तेहाद एयरको ठाउँमा एयर अरेबियाले नै उडान गर्ने भएको हो।

इत्तेहाद एयरवेज र एयर अरेबियाबीचको सम्झौताअनुसार एयर अरेबियाले आबुधावीबाट नियमित उडान गर्ने भएको छ। एयर अरेबियाले इत्तेहादलाई अर्को रुट दिएर आबुधाबी–काठमाडौं रुट आफूले लिएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार तत्काल इत्तेहाद एयरवेजले नेपालमा नियमति उडान गर्नेछैन। 

एयर अरेबियाले यूएईको सारजहाबाट नियमित उडान गर्दै आएको थियो।

‘अब एयर अरेबियाले सारजहा र आबुधाबीबाट नियमित उडान गर्छ’, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्रीले भने, ‘आबुधाबीबाट एयर अरेबियाले अहिले हप्ताको ४ उडान गर्नेछ। अक्टोबर २५ पछि दैनिक एक उडान गर्छ।’

एयर अरेबियाले शनिबारदेखि आबुधाबी–काठमाडौं उडान सुरु गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .