ad ad

कारोबार


अस्ट्रेलियाको भिक्टोरिया विश्वविद्यालयले नेपालीलाई ३० प्रतिशतसम्म छात्रवृत्ति दिने

अस्ट्रेलियाको भिक्टोरिया विश्वविद्यालयले नेपालीलाई ३० प्रतिशतसम्म छात्रवृत्ति दिने

नेपालखबर
असोज १०, २०८१ बिहिबार १७:४२, काठमाडौँ

अस्ट्रेलियाको मेलबर्नस्थित भिक्टोरिया विश्वविद्यालय र बैंक, वित्त र बिमा संस्था नेपाल (बिफिन) बीच बिहीबार समझदारी पत्रमा हस्ताक्षर भएको छ। 

भिक्टोरिया युनिभर्सिटीमा आयोजित आठौँ नेतृत्व विकास कार्यक्रमका दौडान भएको समझदारीअनुसार बिफिनसँग आबद्ध वित्तीय संस्थाका कर्मचारी, सन्तान र तिनका आफन्तले ३० प्रतिशतसम्म छात्रवृत्ति पाउनेछन्। 

समझदारीपत्रमा बिफिनका प्रबन्धनिर्देशक डा. विनोद आत्रेय र विश्वविद्यालयका उपकुलपति (ग्लोबल) प्राध्यापक मोन्टी सिंहले हस्ताक्षर गरेका हुन्।

यसले नेपालका वित्तीय समुदायका लागि थप शैक्षिक अवसर प्राप्त हुने र उनीहरुलाई विश्वविद्यालयका विविध शैक्षिक कार्यक्रमलगायत उच्च शिक्षा हासिलमा सहयोग पुग्ने विश्वास गरिएको छ। 

‘भिक्टोरिया युनिभर्सिटीसँग सहकार्य गर्न पाउँदा एकदमै खुसी छौँ। यसले बिफिन सदस्यलाई विश्वस्तरीय शिक्षामा पहुँच प्रदान गरेको छ’, आत्रेयले भने, ‘यो साझेदारीले नेपालको वित्तीय क्षेत्रको व्यावसायिक वृद्धिमा हाम्रो प्रतिबद्धतालाई मजबुत बनाउँछ।’

यो कार्यक्रम विश्वविद्यालयले नै आयोजना गरेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .