कारोबार


सेडान सेग्मेन्टमा १ हजार किमि रेन्जको नयाँ कार ल्याउँदै नेटा

सेडान सेग्मेन्टमा १ हजार किमि रेन्जको नयाँ कार ल्याउँदै नेटा

नेपालखबर
मंसिर २१, २०८० बिहिबार १५:२८, काठमाडौँ

चिनियाँ विद्युतीय कार निर्माता नेटाको १ हजार किलोमिटर रेञ्ज दिने नयाँ मोडल बजारमा आउने भएको छ। 

नेटाले सेडान सेगमेन्टमा आउने गाडीको चीनमा सफल परीक्षण गरेको हो। 

नेटा ब्रान्ड उत्पादन गर्ने होजोन अटोले ब्याट्री उत्पादक कम्पनी सीएटीएलसँग नयाँ कारको लागि सम्झौता गरिसकेको छ। दुवै कम्पनीले २०२४ को तेस्रो त्रैमासिकसम्म गाडी बजारमा ल्याउने समझदारी गरेका छन्। 

सीएटीएल र नेटाले विद्युतीय गाडीको ब्याट्री उत्पादन र प्रविधि विकासमा मिलेर काम गर्ने समेत भएका छन्। 

नयाँ कार ५ मिनेट चार्ज गर्दा ३०० किमि गुड्न सक्छ। यसमा ब्याट्री, विद्युतीय मोटर र संवेदनशील पार्ट्स सिंगल प्याटफर्ममा रहेको बताइएको छ। गाडीको उत्पादन लागत कम हुनेछ भने गाडीको तौल घटाएर कम विद्युत खपत र यात्रु बस्ने ठाउँलाई फराकिलो बनाइएको छ। 

सीएटीएलका प्रमुख वैज्ञानिक वी काईले अन्तर्राष्ट्रिय अटोमोटिभ कन्फरेन्समा नयाँ गाडीको परीक्षण सम्पन्न भएको जानकारी गराएका छन्।

सामान्वय अवस्थामा कम्पनीले एक पटकको चार्जमा १ हजार किमि रेञ्ज दिन्छ भने जाडो समय अर्थात् माइनस ७ डिग्रीको तापक्रममा ३० प्रतिशतले रेञ्ज घट्ने देखिएको छ। 

नेटाले चीनमा नेटा भी र नेटा यु मोडलका विद्युतीय एसयूभी बिक्री गर्दै आएको छ। कम्पनीले नयाँ भेरियन्टको रुपमा नेटा भी प्रो सार्वजनिक गरेको छ। नेटा यु दुईवटा भेरियन्टमा छ। एउटा ४०० किमि रेञ्ज र अर्को ६०० किमि रेञ्ज छ। 

त्यस्तै नेटा भी ४० र ५५ किलोवाट मोटर भएको ३०१ र ४०१ किमि रेञ्ज दिने गाडी बजारमा आएको छ।  नोभेम्बरसम्म २ वटा मोडल १२ हजार ५०६  बढी बिक्री भइसकेका छन्। 

कम्पनीले हालै सार्वजनिक गरेको नेटा भी प्रो ३८.५ किलोवाट आवर ब्याट्री छ। कम्पनीले मोटर भने ७० किलोवाटको राखेको छ। एक पटकको चार्जमा ४०१ किमिसम्म कुद्छ। पुरानो नेटा भीको मूल्य चीनमा ८ हजार २०० युरो रहेकोमा भी प्रोको मूल्य १० हजार ५३० युरो छ। 

नेटाले २०१८ मा पहिलो विद्युतीय गाडी बजारमा ल्याएको थियो। नेपालमा नेटा ब्रान्डको बिक्रेता चौधरी ग्रुपअन्तगर्तको सिजी मोटर्स छ। 

नेपालमा हाल नेटा भीको गाडी बिक्री भइरहेको छ। सीजी मोटर्सले २०२४ को जनवरीबाट नेटा एक्स बजारमा भित्र्याउने गरी बुकिङ गरिरहेको छ। नेटा एक्स विद्युतीय कम्प्याक्ट एसयूभी हो। यसलाई नेटा युको फेसलिफ्ट मोडलको रूपमा चीनमा सार्वजनिक गरिएको छ।

चीनमा गाडीको ब्याट्री क्यापासिटी एक सय २० किलोवाट आवर र मोटर पावर एक सय ६३ एचपी रहेको छ। तीन सय १० एनएम टर्क जेनेरेट गर्छ।

एक पटकको चार्जमा पाँच सय किलोमिटरसम्म कुद्छ। गाडीको टप स्पिड १५० किमि छ। डीसी फास्ट चार्जरबाट ३० मिनेटमै फुल हुन्छ। टचस्क्रिन साइज १२.८ इन्च रहेको छ। गाडीमा ६ एयरब्याग छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .