ब्याट्री ब्राण्ड एक्साइड नेपालका डिलरहरूको युरोप भ्रमण सम्पन्न भएको छ।
डिलरहरूले ८ दिनको युरोप भ्रमण गरेका हुन्। कम्पनीले डिलरहरूको टोलीलाई युरोप भ्रमणमा समावेश गराएको जनाएको छ।
भ्रमण टोलीमा बिन्दबसिनी ट्रेड्र्स, रक्षा सप्लायर्स, आरबी इलेक्ट्रिकल्स, तिरुपति बालाजी टायर वर्ल्ड प्रा.लि, बानेश्वर इलेक्ट्रिकल्स एण्ड सप्लायर्स, इजी पावर सोलुसन ट्रेडर्स, जे.एस. ट्रेड लिङ्क प्रा.लि, ब्याट्री वल्र्ड, उग्रतारा ट्रेडिङ्गलगायत सहभागी रहेको कम्पनीले जनाएको छ।
सो क्रममा सिप्रदी स्टाफ मोटिभेसनमा निर्धारित लक्ष्य हासिल गर्न सफल ५ जना स्टाफलाई पनि समावेश गरिएको थियो।
युरोप भ्रमणका क्रममा उनीहरूले फ्रान्स, बेल्जियम, नेदरल्याण्ड, जर्मनी र स्विट्जरल्यान्डलगायतका मुलुकहरूमा लगिएको थियो। भ्रमणको नेतृत्व एक्साइड ब्याट्रिजका वरिष्ठ महाप्रबन्धक सुरेश कुमार तिवारीले गरेका थिए।
यस ब्राण्डको विशेषतः चार पाङ्ग्रे, दुई पाङ्ग्रे, सोलार र इन्भर्टरतर्फ लक्षित छ। मुलुकभर बिक्री एवं सेवा सञ्जाल भएको एक्साइडले आफ्नो ग्राहकवर्गलाई उच्च गुणस्तरीय उत्पादनहरू प्रदान गर्दै आइरहेको छ।
एक्साइड ब्याट्रीको नेपालमा आधिकारिक बिक्री वितरण गर्ने प्रख्यात व्यापारिक घराना सिप्रदी ट्रेडिङ्गले विगत लामो समयदेखि गरिरहेको छ।
Shares
प्रतिक्रिया