ad ad

कारोबार


डर्ट रोडमा एमजी ४ को ‘थ्रिल’ (भिडिओ)

डर्ट रोडमा एमजी ४ को ‘थ्रिल’ (भिडिओ)

नेपालमा पहिलोपटक डर्ट रोडमा विद्युतीय गाडी कुदाइएको छ–एमजी४ (तस्बिर : सरोज बैजु)


सरोज बैजु
चैत ३, २०८० शनिबार २१:७, काठमाडौँ

विद्युतीय गाडीमा धेरैको चिन्ता हुन्छ ‘ग्राउन्ड क्लियरेन्स’ र उकालो। ब्याट्रीबाट चल्ने गाडी खाल्डा खुल्डीमा कुदाउन धेरै डराउँछन्। 

धेरैमा विद्युतीय गाडीलाई सहरबाहिर लैजाने ‘कन्फिडेन्स’ हुँदैन। कतिपय मोडलमा रेञ्जको समस्या त कतिमा नेपाली बाटोको। 

‘डर्ट रोड’मा विद्युतीय गाडी कुदाउन सकिने धेरैले कल्पना गर्दैन। नेपालमा एमजीको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले एमजी फोरको ‘स्टेन्थ टेस्ट’ गरेको छ। कम्पनीले स्पोटी लुक्सको एमजी ४ कुदाएर ‘थ्रिल’ अनुभव गराएको छ।  

गत बिहीबार करिब १०० जना सञ्चारकर्मी, ग्राहक तथा इन्फ्लुयन्सरलाई धुलिखेलमा रहेका डर्ट टेम्पलमा फरक अनुभव गरेका छन्। सामान्यतया सटन्टको रुपमा गरिने सडकमा आफैँ कुदाएर विद्युतीय गाडीप्रतिको ‘माइन्ड सेट’ परिवर्तन गरेका छन्। ‘स्टेन्थ टेस्ट’पछिको धेरै चालकको प्रतिक्रिया रह्यो ‘कल्पना बाहिरको अनुभव’। 

एमजी फोरको ग्राउन्ड क्लियरेन्स १६५ एमएम छ। नेपाली बजारमा गाडी सार्वजनिक गर्दा धेरैले कम क्लियरेन्स रहेको प्रतिक्रिया दिए।

भिडिओ

कम्पनीले बजारमा रहेका अरु गाडी र एमजी फोरको बनावट र प्रविधि फरक रहेको बताउँदै आयो। बिहीबार ‘एमजी ४’ कुदाएरै देखायो। 

डर्ट टेम्पलमा हिलोबाटो, सार्प टर्निङ, खाल्डाखुल्डी, बम्पी, सिधा र उकालो बाटोमा नयाँ अनुभव गराएको छ। पेट्रोल र डिजेल इन्जिनका गाडी डर्ट रोडमा कुदाए पनि नेपालमा विद्युतीय गाडी कुदाइएको थिएन। नेपालमा पहिलो पटक गुडाइएको छ। 

गाडीमा ‘इन्डिपेन्डेन्स सस्पेन्सन’ र ‘रियर ह्विल’ ड्राइभ नयाँ हो। नेपालको सडकमा हुइँकिने अधिकांश गाडीमा फ्रन्ट ह्विल ड्राइभ रहेको हुन्छ। इन्डिपेन्डेन्स सस्पेन्सनले अफ रोडमा कुदाउँदा गाडीले सडक छुने सम्भावना कम हुन्छ। 

एमजीले विद्युतीय गाडीमा ‘थ्रिल’ अनुभव लिन ‘ड्राइभिङका प्यासिनेट’ यस्ता गाडी कुदाउन मन पराउँछन्। 

‘गाडी चलाउँदा छुट्टै अनुभव लिन चाहनेले बढी एमजी ४ खरिद गरेका छन्’, प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्याल भन्छन्, ‘पावर र पर्फमेन्सले धेरैलाई मोहित बनाउँछ।’

गाडी चिल्ला सडकमा तीव्र गतिमा कुदाउन सहज हुन्छ। तर नेपालमा चिल्लो बाटो मात्रे खोजेर भेटिँदैन। पछिल्लो समय मनाङ, मुस्ताङ, ताप्लेजुङ, सोलुखुम्बुका उचाइमा समेत विद्युतीय गाडी पु¥याउन थालिएको छ। 

एमजी ४ का २ वटा भेरियन्ट नेपाली बजारमा छन्। कम्फर्ट भेरियन्टमा ५१ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाटको मोटर छ। यसको मूल्य ४१ लाख ९९ हजार तोकेको छ। 

कम्पनीले बिहीबार मात्रै लङ रेन्जको फुल अप्सनमा अर्को भेरियन्ट सार्वजनिक गरेको छ। अहिले फुल अप्सनमा सार्वजनिक गरिएको गाडीको लक्जरी मोडलको मूल्य ४९ लाख ९९ हजार छ। गाडीमा ६४ किलोवाट ब्याट्री छ भने यसको मोटर पावर ९९ किलोवाट छ। 

एमजीले १५० किलोवाट मोटर पावर रहेको कारको मोटर पावर घटाएर ल्याएको छ। कम्पनीले नयाँ भेरियन्टमा ९ लाख रुपैयाँ मूल्य घटाएको हो। 

४४० किलोमिटर रेन्जमा सार्वजनिक गाडीको अधिकतम टर्क २५० एनएम छ। गाडीले १०० किलोवाटसम्मको फास्ट डिसी चार्जर सपोर्ट गर्छ। एमजी ४को टप स्पिड १६० किलोमिटर प्रतिघण्टा छ। एमजी ४ ले ‘युके कार अफ द इयर’को अवार्ड समेत पाएको छ। 

सुरक्षाका लागि रियर आइसोफिक्स, रिभर्स क्यामेरा, फ्रन्ट साइड एयर व्याग, टायर प्रेसर मनिटरिङ सिस्टम र सिट बेल्ट रिमाइन्डरजस्ता फिचर छन्। यसमा मोबाइल फोन ब्लुटुथ की, ५ वटा ड्राइभिङ मोड र टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम लगायतका विशेषता छन्।  

एमजी–४ को ब्याट्रीमा १ लाख ५० हजार किलोमिटरसम्म अर्थात् ८ वर्षको वारेन्टी र हाई भोल्टेज कम्पोनेन्टमा १ लाख किलोमिटरसम्म अर्थात् ३ वर्षको वारेन्टी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .