ad ad

राजनीति


ओलीले भने : पढ्न विदेश गएका युवा स्वदेश फर्किने मनस्थितिमा छैनन्

ओलीले भने : पढ्न विदेश गएका युवा स्वदेश फर्किने मनस्थितिमा छैनन्

तस्बिर : केपी ओलीको सचिवालय


नेपालखबर
चैत २, २०८० शुक्रबार १८:०, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा केही हुँदैन भन्ने मानसिकता विकास हुँदा युवा पलायन बढेको बताएका छन्। 

सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सिनेमा संवाद कार्यक्रम अन्तर्गत शुक्रबार महानायक राजेश हमालसँगको संवादमा ओलीले यसो भनेका हुन्। 

उनले युवालाई देशभित्रै बसेर केही गर्नुपर्छ भन्ने भावना र विश्वास जगाउन आवश्यक रहेको पनि बताए। 

‘युवामा देशभित्रै बसेर केही गर्नुपर्छ भन्ने भावना, गर्न सकिन्छ भन्ने विश्वास, गर्न सक्छौँ भन्ने आत्मविश्वास दिलाउनुपर्छ’, उनले भने। 

युवाको विदेश पलायन रोक्नु मुख्य चुनौती भएको ओलीले बताए।

धेरै नेपाली युवा विदेशमा नै बस्ने गरी पलायन हुँदै गएका पनि उनले बताए। अध्ययनका लागि बाहिर गएका धेरै नेपाली युवा स्वदेश फर्कने मनस्थितिमा नरहेको ओलीको भनाइ छ।  

ओलीले कुनै पनि देश त्यतिकै धनी नहुने बताए। देश विकास गरेरै धनी हुने उनले प्रष्ट पारे। देश विकासको लागि देशमा नै परिश्रम गर्नुपर्नेमा उनले जोड दिए। 

देश विकासको लागि देशवासीले नै पसिना बगाएको उनले स्पष्ट पारे। ‘युवा पङ्क्तिलाई हामीले हाम्रो देश बनाउनुपर्छ, अनि मात्र विकसित हुन्छ, सुविधा सम्पन्न देशमा बस्न पाउँछौँ भन्ने कुरा बुझाउनु पर्छ’, ओलीले भने।  

युवालाई देशमा नै काम गर्ने वातावरण भने राज्यले बनाउनु पर्ने बताए। राज्यले देशमा उद्यमशीलताको वातावरण बनाइदिनु पर्ने ओलीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .