महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रियो’को र्याली आयोजना गरेको छ।
यही चैत २३ गते बिहान ८ देखि दिउँसो ३ः३० बजेसम्म बिर्तामोडदेखि काक्डभिट्टासम्म, ट्रियो र्याली आयोजना गरिएको हो।
उक्त र्याली बिर्तामोडबाटसुरु भई बुट्टाबारी – चराली – धुलाबारी हुँदै काक्डभिट्टासम्म पुगेर पुनः बुधबारे –जयपुर – सनिश्चरे– सुरुङ्गा हुँदै बिर्तामोड आई औपचारिक कार्यव्रmमका साथ समापन भएको थियो।
कार्यक्रममा ३० जना ट्रियो चालक सहभागी थिए। अग्नि ग्रुपका बिर्तामोडस्थित आधिकारिक बिक्रेता एभरेष्ट अटो ट्रेड प्रा.लि.ले आफ्नो कामको क्रममा असाधारण प्रदर्शन गर्ने केही अटो चालकहरूलाई पनि पुरस्कृत गरिएको थियो।
आयस्रोतका लागि विद्युतीय अटो छनोट गरेको र वातावरण जोगाउन सहयोग गरेको कार्यलाइ धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण उपस्थित चालकहरुलाइ प्रशंसा पत्र समेत वितरण गरेको थियो।
सोही अवसरमा एभरेष्ट अटो ट्रेड प्रा.लि.ले नयाँ दुई ग्राहकलाई महिन्द्रा अटो ट्रियो हस्तानतरण गरेको थियो ।
विद्युतीय ट्रियो अटो र्यालीले समुदायलाई विद्युतीय सवारीसाधन बारे प्रत्यक्ष रूपमा हेर्न र अनुभव गने अवसर समेत प्रदान गरेको थियो।
र्याली समयावधिमा उक्त बाटोबाट यात्रा गर्ने इच्छुक यात्रुहरुलाई ट्रियोको निःशुल्क सवारीको सुविधा समेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
Shares
प्रतिक्रिया