ad ad

फोटोफिचर


भद्रकालीमा राप्रपा र प्रहरीको घम्साघम्सी, बर्सियो पानीको फोहोरा र ढुंगामुढा (तस्बिरहरू)


सरोज बैजु
चैत २७, २०८० मंगलबार १५:०, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार भद्रकाली क्षेत्रमा गरेको प्रदर्शनका क्रममा प्रहरीले धरपकड गरेको छ।

धरपकडका क्रममा राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहित प्रहरीको नियन्त्रणमा परेका छन्।

भद्रकाली क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्या र पानीको फोहोरा चलाएको छ।

त्यसक्रममा प्रदर्शनकारीले निषेधित क्षेत्रमा राखिएको ब्यारिकेड तोड्ने प्रयास गरेका थिए। प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुंगा र इँटा बर्साए।

निषेधित क्षेत्र तोड्न खोज्दै आन्दोलनकारीलाई उक्साएको भन्दै प्रहरीले केहीला पक्राउ गरेको छ।

झडपका क्रममा राप्रपाका केही कार्यकर्ता घाइते भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .