ad ad

कारोबार


मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसायबारे नाडामा अन्तर्क्रिया

मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसायबारे नाडामा अन्तर्क्रिया

नेपालखबर
भदौ १६, २०८१ आइतबार १६:२५, काठमाडौँ

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यमा आइतबार भुकुटीमण्डप परिसरमा मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसायकका  विषयमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको छ। 

नाडा अटो सो २०२४ को सन्दर्भमा नाडा र इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को संयुक्त पहलमा कार्यक्रम गरिएको नाडाले जनाएको छ। 

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले सम्बोधन गरेका थिए। मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय विषयमा केन्द्रित रहेर नाडाका अध्यक्ष करण चाौधरीले आफनो धारणा राखेका थिए। 

चौधरीले नेपालको अटोमोबाइल क्षेत्रको समस्याहरुको सम्बन्धमा नाडाले सरकारको ध्यानाकर्षण गर्न सफल भएको बताए। 

उनले भने, ‘अहिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिले सबै क्षेत्रलाई समेट्ने बताउनुभएको छ। यसले सुस्ताएको अटोमोबाइल व्यवसाय पुनः फस्टाउने आशा राखेको छु।’

अन्तर्क्रियामा बैंक तथा वित्तीय परिसंघका अध्यक्ष उपेन्द्र पौडेल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केशी, नेपाल बिमक संघका महासचिव अशोक कुमार खडकाले उक्त विषयका सम्बन्धमा आ(आफनो धारणा राखेका थिए। नाडा अटो सोको अन्तिम दिनमा यस्तो कार्यक्रम गरिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .