भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १२ वटा सुरुङमार्गको लागि बजेट छुट्याएको छ।
सुरुङमार्ग विकास कार्यक्रमअन्तर्गत ८१ करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो।
यसअनुसार सिद्धबाबा सुरुङमार्ग निर्माण आयोजनाले ६५ करोड ८१ लाख रुपैयाँ पाउँदा काठमाडौंको नयाँ बानेश्वरमा अन्डरपास बनाउन ९ लाख रुपैयाँ छुट्याइएको छ।
धरान लेउती सुरुङमार्ग आयोजनाको लागि ५० लाख, दुम्कीबास–बर्दघाट सुरुङमार्गको लागि २५ लाख विनियोजन भएको छ।
कास्कीमा हेम्जा नयाँपुल सडकखण्डमा सुरुङमार्ग बनाउन २५ लाख, मझिमटार–शक्तिखोर सुरुङमार्गको लागि १२ लाख, बबई–छिन्चु सुरुङमार्गको लागि १५ लाख, बीपीनगर खुटियाको लागि ४ लाख रुपैयाँ छुट्याइएको छ।
फुस्रेखोला छोरेपाटन पोखरादेखि स्याङ्जा गुडीकोला टनेल अध्ययन गर्न २५ लाख, रारा राजमार्गको कुशे पाटन सुरुङमार्ग तयार गर्न १० लाख विनियोजन गरेको सरकारले ग्वार्को सातदोबाटो एकान्तकुना फ्लाइओभरका लागि ८ करोड १० लाख विनियोजन गरेको छ।
लुम्बिनी रारा पर्यटकीय राजमार्गअन्तर्गत तुल्सीपुर लुहाम सुरुङमार्गको लागि २५ लाख रुपैयाँ छ।
सुरुङमार्ग विकास कार्यक्रमअन्तर्गत ४ करोड र प्रस्तावित सुरुङमार्गहरुको सम्भाव्यता अध्ययन गर्न १ करोड २३ लाख रुपैयाँ छुट्याएको छ।
Shares
प्रतिक्रिया