ad ad

कारोबार


बझाङको चैनपुरमा खुल्यो प्रभु बैंकको ३०४औँ शाखा

बझाङको चैनपुरमा खुल्यो प्रभु बैंकको ३०४औँ शाखा

नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार १६:११, काठमाडौँ

प्रभु बैंक लिमिटेडले शुक्रबारदेखि जयपृथ्वी नगरपालिका १० बझाङ्गस्थित चैनपुरमा आफ्नो ३०४औँ शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ।

चैनपुर शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यावसायिक फर्म, कम्पनी तथा संघ÷संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ।

प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ। 

प्रभु बैंकका नेपालभर ३०४ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर रहेका छन् भने करिब ३१ लाख ग्राहक छन्। बैंक फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट केही दिनअघि सम्मानित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .