ad ad

कारोबार


फोनमनीले ल्यायो कोरियाका नेपालीलाई १ करोड वन जित्ने मौका र हरेक हप्ता पैसा दोब्बर हुने योजना

फोनमनीले ल्यायो कोरियाका नेपालीलाई १ करोड वन जित्ने मौका र हरेक हप्ता पैसा दोब्बर हुने योजना

नेपालखबर
साउन १०, २०८१ बिहिबार १२:२९, काठमाडौँ

दक्षिण कोरियामा रहेका नेपालीहरुका लागि डिजाइन गरिएको डिजिटल मनी ट्रान्सफर एप फोनमनीले आफ्नो नयाँ योजना फोनमनी साथमा, १ करोड हातमा योजना सुरु गरेको छ।

यो योजना यही जुलाई २१ बाट सुरु भइसकेको छ भने १ जनवरी २०२५ सम्म चल्नेछ। कम्पनीका अनुसार ६ महिनाको अवधिको योजनामा कोरियामा कार्यरत र बसोबास गर्ने नेपालीहरूले फोनमनी एपमार्फत नेपालमा पैसा पठाएर सहभागी हुन सक्नेछन्। 

यो योजना अवधिमा सहभागीहरूले हरेक हप्ता आफ्नो पठाएको रकम दोब्बर गर्ने मौका पाउनेछन्। साथै, योजनाको अन्त्यमा, एक भाग्यशाली विजेताले १ करोड कोरियन वन (करिब १० लाख नेपाली रुपैयाँ) को बम्पर पुरस्कार पनि जित्नेछन्। 

यसका मुख्य विशेषताहरूमा साप्ताहिक पुरस्कारअन्तर्गत हरेक हप्ता एक सहभागीले आफ्नो पठाएको रकम दोब्बर गर्नेछन्। त्यसैगरी बम्पर पुरस्कारअन्तर्गत  योजनाको अन्त्यमा एक भाग्यशाली विजेताले १ करोड कोरियन वनको पुरस्कार जित्नेछन्। 

योजनामा सहभागी हुन फोनमनी एप प्रयोग गरी नेपालमा आफ्नो परिवार र साथीहरूलाई पैसा पठाएमा विजेता हुन योग्य भइनेछ।

फोनमनीमार्फत हरेक ट्रान्सफरमा शून्य प्रतिशत सेवा शुल्क र सबैभन्दा राम्रो रेट उपलब्ध हुनेछ भने साप्ताहिक र भव्य पुरस्कार जित्ने अवसर पनि साथमा हुनेछ। 

फोनमनीका मार्केटिङ म्यानेजर राजन अधिकारीले कोरियामा रहेका नेपाली समुदायलाई भरपर्दो, किफायती र पुरस्कारदायी तरिकाले पैसा पठाउन सहयोग गर्न प्रतिबद्ध रहेको बताए। उनले भने, ‘फोनमनी साथमा, १ करोड हातमा’ हाम्रो प्रयोगकर्ताहरूलाई धन्यवाद दिन र उनीहरूको वित्तीय लेनदेनलाई अझै पुरस्कारदायी बनाउनको लागि हाम्रो प्रयास हो।”

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .