ad ad

कारोबार


नबिल बैंकको मोबाइल बैंकिङ एपबाट सिधै आईएमई पेमा लोड गर्न मिल्ने

नबिल बैंकको मोबाइल बैंकिङ एपबाट सिधै आईएमई पेमा लोड गर्न मिल्ने

नेपालखबर
भदौ ६, २०८१ बिहिबार १६:०, काठमाडौँ

डिजिटल वालेट आईएमई पे र नबिल बैंकबीच वालेट लोडसम्बन्धी सम्झौता भएको छ। 

सम्झौताअनुसार नबिल बैंकको खाता भएका सेवाग्राहीहरुले आफ्नो मोबाइल बैंकिङ एपबाट सिधै आईएमई पे वालेटमा पैसा लोड गर्न सक्नेछन्।

यस सेवाबाट नबिल बैंकको सेवाग्राहीहरुले सरल तथा सुलभ रुपमा आईएमई पे वालेटको सेवा प्राप्त गर्न सकिने विश्वास राखिएको छ। 

आईएमई पे आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .