ad ad

कारोबार


कुमारी बैंक र दि ह्वाइट आर्क डेन्टल क्लिनिकबीच सेवामा छुट दिने सम्झौता

कुमारी बैंक र दि ह्वाइट आर्क डेन्टल क्लिनिकबीच सेवामा छुट दिने सम्झौता

नेपालखबर
भदौ ९, २०८१ आइतबार १४:४७, काठमाडौँ

कुमारी बैंक लिमिटेड र बाँसबारी, काठमाडौं स्थित दि ह्वाइट आर्क डेन्टल क्लिनिक बीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो क्लिनिकबाट सम्पूर्ण सेवाहरु लिएबापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् भने कुमारी बैंकका ग्राहकहरुलाई उक्त क्लिनिकमा चिकित्सक सल्लाह शुल्क निःशुल्क रुपमा उपलब्ध हुनेछ।

यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिने बैंकले जनाएको छ। 

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ्ग इकाइहरुमार्फत ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .