ad ad

कारोबार


सानिमा बैंकका ग्राहकलाई श्री एयरलाइन्समा विशेष छुट

सानिमा बैंकका ग्राहकलाई श्री एयरलाइन्समा विशेष छुट

नेपालखबर
भदौ २३, २०८१ आइतबार १६:३५, काठमाडौँ

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई श्री एयरलाइन्समा विशेष छुटको व्यवस्था गरेको छ।

डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बैंक र एयरलाइन्सबीच समझदारी भएको हो। 

सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग गरी डिजिटल भुक्तानी गर्दा श्री एयरलाइन्सको टिकटमा रु. ५०० को छुट प्राप्त गर्न सक्नेछन्। 

छुटका लागि ग्राहकहरुले श्री एयरलाइन्सको काउन्टरबाट भुक्तानी गर्नुपर्नेछ। 

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ। 

सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटीएमहरु सञ्चालनमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .