अमेरिकाको सन्फ्रान्सिस्कोस्थित कम्पनीको सुरक्षा चुनौतीको लागि आवश्यक परामर्श प्रदान गर्दै आएको नेपाली मूलका पुकार हमालको सेक्युरेटीपलले लगानीकर्ताबाट पहिलो चरणमा २ करोड १० लाख अमेरिकी डलर संकलन गरेको छ।
यो चरणको लगानी संकलनमा मार्टिन कासाडो, फ्रेडेरिक केरेस्ट, एने राइमोन्डी, इमान अबुजेइद र देव नागले लगानी गरेका छन्।
कम्पनीले यो रकम उत्पादनको विकास र कम्पनीको अभिवृद्धिका लागि प्रयोग गर्ने बताएको छ।
पुकार हमाल सीईओ रहेको उक्त कम्पनीले विभिन्न कम्पनीलाई सुरक्षा संवेदनशील सामग्री खरिद गर्न आवश्यक पर्ने सुरक्षा प्रक्रियामा सहयोग गर्दै आएको छ।
सेक्युरिटीपलको दुई सयभन्दा धेरै ग्राहक कम्पनी छन्। यो कम्पनीले छोटो समयमा उल्लेख्य सफलता हात पारेको छ। सेक्युरिटीपलले एल्गोलिया, सेन्डोसो, नेटएसपीआई र पेस्केलजस्ता कम्पनीसँग पनि सहकार्य गरेको छ।
क्राफ्ट भेन्चरका सीईओ तथा लगानीकर्ता ब्रियान मुरेले भने, ‘सेक्युरिटीपलले निकै छिटो विक्रेता र खरिदकर्तासँग सम्झौता गरिसकेको छ।यो क्रममा कुनै पनि अवरोह छैन। त्यसैले पनि सेक्युरिटीपलका ग्राहक खुसी छन्।’
कम्पनीका सीईओ हमालले काम गर्ने क्रममा उठेका हजारौं प्रश्नको जवाफ थप सही तरिकाले प्रदान गर्नको लागि यो लगानी महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।
Shares
प्रतिक्रिया