नेपालमा सुनको मूल्य ह्वात्तै घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पहेँलो धातुको मूल्य तोलामा दुई हजार चार सय रुपैयाँले घटेको हो।
अघिल्लो दिन हालसम्मकै उच्च विन्दुमा पुगेको सुन मंगलबार उक्त दरले घटेर प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
त्यस्तै तेजाबी सुन पनि १ लाख १८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ। तेजाबी सुन अघिल्लो दिन १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा किनबेच भएको थियो।
यता विश्वबजारमा पनि सुनको मूल्य केही सस्तो भएको छ। विश्वबजारमा सुन २०३३.२६ प्रतिऔँस डलरमा कारोबार भइरहेको छ। अघिल्लो दिन विश्वबजारमा पनि सुनले नयाँ उचाइ लिएको थियो।
Shares
प्रतिक्रिया