नेपाल सुपर लिग (एनएसएल) मा आज (मंगलबार) पुछारको वीरगन्ज युनाइटेडले ललितपुर सिटी एफसीको सामना गर्दै छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।
आजको खेलमा जित निकाले ललितपुर अंक तालिकाको शीर्ष स्थानमा उक्लनेछ।
लिगमा अपराजित ललितपुरले एक खेलमा जित र दुई खेलमा बराबरी गर्दै ५ अंकमा दोस्रो स्थानमा छ।
लगातार दोस्रो हार बेहोरेको वीरगन्ज अंकविहीन भएर पुछारमा छ।
24
Shares
प्रतिक्रिया