कारोबार


तोलामा ५ सयले बढेको सुनको मूल्य आज कति?

तोलामा ५ सयले बढेको सुनको मूल्य आज कति?

नेपालखबर
बैशाख १२, २०८१ बुधबार ११:५२, काठमाडौँ

सुनको मूल्य बुधबार ५ सय रुपैयाँले उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख ३६ हजार र तेजाबी सुन १ लाख ३५ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको हो। 

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। महासंघका अनुसार चाँदी आज १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। 

मंगलबार छापावाल सुन १ लाख ३५ हजार ५ सय, तेजाबी सुन १ लाख ३४ हजार ८ सय ५० र चाँदी १ हजार ६ सय ६० रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको थियो। 

उता अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ३ सय २९ र चाँदी २७.४४ अमेरिकी डलर प्रतिऔँस मूल्यमा किनबेच भएको एजेन्सीहरुले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .