सुन र चाँदीको मूल्यमा उतारचढाव आएको छ।
बिहीबार सुन १ सय रुपैयाँ सस्तो हुँदा चाँदीको भने १५ रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलाको १ लाख ५३ हजार ३ सय र चाँदी १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको छ।
अघिल्लो दिन सुन १ लाख ५३ हजार ४ सय र चाँदी १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ५१८ अमेरिकी डलर र चाँदी २८.७७ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।
3.0k
Shares
प्रतिक्रिया