कोशी प्रदेश सरकारले कृषि क्षेत्रका लागि २ अर्ब ७ करोड बजेट छुट्याएको छ।
अध्यादेशमार्फत ल्याइएको बजेट सार्वजनिक गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि क्षेत्रका लागि २ अर्ब ७ करोड बजेट विनियोजन गरेको बताएका हुन्।
आर्थिक मामिला मन्त्रालय पनि सम्हालेका उनले बजेट बाचन गर्दै कृषि उत्पादन वृद्धिका लागि बिउविजन गुणस्तरीय बनाउने योजना बजेटमा ल्याएका छन्।
उनले मकै खेतीमा अनुदान, चिया खेती अनुदान, दूधमा प्रतिलिटर दुई रुपैयाँ अनुदानलगायत कार्यक्रम बजेटमा समेटिएको छ।
39
Shares
प्रतिक्रिया