आगामी आर्थिक बर्षको बजेटमा कोसी प्रदेशले कृषि र उद्योग क्षेत्रको बजेट कटौती गरेको छ भने सडक पूर्वाधार तथा सहरी विकास र पर्यटन क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरेको छ।
३५ अर्ब २७ करोड ९३ लाख बजेट रुपैयाँको बजेट ल्याएको कोसी प्रदेशले सबैभन्दा धेरै सडक पूर्वाधार तथा सहरी विकास क्षेत्रमा बजेट छुट्याएको हो। यो १० अर्ब ४१ करोड ५१ लाख रुपैयाँ छुट्याउँदा कृषि तथा उद्योग विकासका लागि २ अर्ब ६७ करोड रुपैयाँ मात्रै छुट्याएको हो।
प्रदेश सरकारले सडक तथा पूर्वाधार विकासमा छुट्याएको १० अर्ब बजेटमा पनि बहुवर्षे सडक र झोलुंगे पुल निर्माणलाई विशेष प्राथमिकतामा राखेको छ। यसका लागि मात्रै ४ अर्ब रुपैयाँ छुट्याएको हो। जुन समग्र प्रदेशको कृषि तथा उद्योग क्षेत्रलाई छुट्याएको रकमभन्दा धेरै हो।
यस्तै खानेपानी, सिँचाई तथा उर्जा क्षेत्रमा ४ अर्ब ७६ करोड रुपैयाँ बजेट छुट्याएको कोसीले स्वास्थ्य क्षेत्रमा ३ अर्ब ५८ करोड रुपैयाँ छुट्याएको हो।
पर्यटन वन तथा वातावरण क्षेत्रका लागि २ अर्ब ८२ करोड रुपैयाँ बजेट छुट्याउँदा सामाजिक क्षेत्र विकासका लागि १ अर्ब ९८ करोड रुपैयाँ बजेट छुट्याएको छ। सान्ती सुरक्षा, कानुनी शासन तथा सञ्चार क्षेत्रका लागि भने कोसीले १ अर्ब ३ करोड रुपौयाँ छुट्याएको हो।
कुन क्षेत्रमा कति बजेट?
कृषि तथा उद्योग विकास – २ अर्ब ६७ करोड
सडक पूर्वाधार तथा सहरी विकास – १० अर्ब ४१ करोड ५१ लाख
खानेपानी तथा सिँचाइ तथा ऊर्जा क्षेत्र –४ अर्ब ७६ करोड
स्वास्थ्य क्षेत्र – ३ अर्ब ५८ करोड रुपैयाँ
सामाजिक क्षेत्र विकास – १ अर्ब ९८ करोड
पर्यटन वन तथा वातावरण क्षेत्र – २ अर्ब ८२ करोड
सान्ती सुरक्षा, कानुनी शासन तथा सञ्चार क्षेत्रका लागि – १ अर्ब ३ करोड
मानव अधिकार, सुशासन तथा सार्वजनिक प्रशासनिक व्यवस्थाप – ३८ करोड ४५ लाख
सार्वजनिक वित्त व्यवस्थापन, योजना, तथ्यांक व्यवस्थापन तथा गरिबी निवारण – ६० करोड ६२ लाख
Shares
प्रतिक्रिया