ad ad

कारोबार


सञ्चारसचिव भन्छन्- नेपाल टेलिकमले छिट्टै फाइभजी परीक्षण गर्छ

सञ्चारसचिव भन्छन्- नेपाल टेलिकमले छिट्टै फाइभजी परीक्षण गर्छ

नेपालखबर
पुस ५, २०७९ मंगलबार १४:४६, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले नेपाल टेलिकमले फाइभजी परीक्षण छिट्टै गर्ने बताएका छन्। 

हुवावेले आयाेजना गरेकाे 'अनलिस डिजिटल' हुवावे कनेक्ट २०२२ मा बोल्दै उनले नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई परीक्षण गर्न अनुमति दिएकाले परीक्षण सफल भएपछि विस्तार गर्ने निर्णय हुने बताए। 

उनले नेपालले समयमै अपग्रेड गर्न नसके विदेशमा ६ जी प्रयाेगमा आउँदा फाइभजी परीक्षणकै चरणमा रहने बताए। 

सर्वसाधारणलाई पुर्‍याउने प्रविधि सेवा सबैले प्रयाेग गर्न सक्ने खालकाे हुनुपर्ने उनको भनाइ थियो। अर्यालले डिजिटल प्रविधिकाे प्रयाेगका लागि सरकारकाे क्षमता पनि हेर्नुपर्ने बताए।

क्षमता विकासकाे लागि पनि हुवावेसँग सहकार्य आवश्यक रहेकाे उनले बताए। अर्यालले हुवावेलाई डिजिटल पूर्वधार विकासमा सहयाेग गरेकाेमा धन्यवाद व्यक्त गरे।

नेपालस्थित चिनियाँ दूतावासका इकाेनाेमिक एन्ड कमर्सियल काउन्सिलर जीयुले अघिल्लाे वर्ष २९ प्रतिशत वैदेशिक लगानी गरेकाे बताए। उनले नेपालका विभिन्न क्षेत्रमा सहकार्य गर्दै अघि बढिरहेकाे बताए। 

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले १२९ प्रतिशत टेलिफाेन प्रयाेगकर्ता रहेकाे बताए। 

फाेरजी ९० प्रतिशतकाेमा पुगेकाले अब विश्वव्यापी गुणस्तरमा ध्यान दिने बताए। 

हुवावे एसिया प्यासिफिक इन्टरप्राइजेज बिजनेस ग्रुपका अध्यक्ष  निकाेलस माले एसिया प्यासिफिक क्षेत्रले विश्वकाे प्रविधि क्षेत्रमा नेतृत्व गरेकाे दाबी गरे। 

उनले याे क्षेत्र  डिजिटल ट्रान्सफर्मेसनमा अघि बढ्दै गएकाे बताए। 

पछिल्ला केही वर्षमा नेपाल प्रविधि क्षेत्रमा अघि बढेकाे बताउँदै माले ४० लाख टेलिफाेन प्रयाेगकर्ता रहेकाे र इन्टरनेट प्रयाेग बढ्दै गएकाे बताए।

हुवावेले विद्यार्थी र शिक्षककाे क्षमता विकासकाे लागि मात्रै काम गरेकाे उनले उल्लेख गरे।  

कार्यक्रममा डिसहाेमका सञ्चालक हेमराज ढकालले २ लाख बढी इन्टरनेट ग्राहक पुगेकाे बताएका थिए। अर्थतन्त्र विकासका लागि डिजिटल कनेक्टिभिटी अत्यावश्यक हुँदै गएकाे उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .