ad ad

निर्वाचन विशेष


निर्वाचनसम्बन्धी उत्कृष्ट टिकटक भिडिओ बनाउनेलाई ५० हजार पुरस्कार

निर्वाचनसम्बन्धी उत्कृष्ट टिकटक भिडिओ बनाउनेलाई ५० हजार पुरस्कार

नेपालखबर
कात्तिक ६, २०७९ आइतबार १६:४६, काठमाडौँ

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रयोजनका लागि टिकटक भिडिओ बनाउन आह्वान गरेको छ। 

उत्कृष्ट पाँच वटा टिकटक भिडिओलाई रु ५० हजारका दरले पुरस्कार दिने आयोगले घोषणा गरेको छ। 

एक मिनेटसम्मको टिकटक भिडिओ बनाइ कात्तिक १५ गतेसम्म पठाउन पनि आयोगले आह्वान गरेको छ।

आइतबार ११ बुँदे सूचना प्रकाशित गरी आयोगले भनेको छ, ‘निर्वाचन प्रयोजनको लागि निर्वाचन प्रचार प्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षा जस्ता विषयमा आधारित रही १ मिनेटसम्मको टिकटक भिडिओ बनाई यही कात्तिक ५ गतेदेखि कात्तिक १५ गतेसम्म आयोगको इमेल ठेगानमा मा पठाउनुहोस्। प्राप्तमध्ये उत्कृष्ट ५ भिडिओलाई आयोगको तर्फबाट जनही रु. ५० हजारका दरले पुरस्कृत गरिनेछ।’

यस्ता छन् आयोगका ११ वटा शर्तहरू 
१) भिडिओ प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लक्षित हुनुपर्नेछ। 

२) भिडिओ संवादमूलक, सन्देशमूलक हुनु पर्नेछ। आफ्नै मौलिक अडियो र अभिनय भएको भिडियोलाई प्राथमिकता दिइनेछ। 

३) भिडिओ प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदाता जागरण हुने खालका विषयवस्तुहरूमा आधारित हुनुपर्नेछ। 

४) निर्वाचनको सामान्य जानकारी, निर्वाचनको आवश्यकता र महत्व, मतपत्रमा छाप लगाउने सही तरिका, निर्वाचन आचारसंहिताको पालना, मतदाताको अधिकार र कर्तव्य, मतदाताले कस्तो उम्मेदवार छनोट गर्नुपर्छ भन्ने जानकारी लगायत निर्वाचन सम्बन्धी विषयमा आधारित भएर छुट्टाछुट्टै भिडिओ बनाउन सकिनेछ।

५) कुनै एक व्यक्तिले एउटा विषयमा पाँचवटासम्म भिडिओ पठाउन सकिने छ। साथै दुई वा दुईभन्दा बढी व्यक्ति समावेश भएर निर्माण गरिएको पाँचवटा सम्म भिडिओ स्वीकार गरिनेछ।

६) प्राप्त भिडिओहरूमा आयोगको अधिकार रहनेछ। भिडिओ सन्देश आयोगले सामाजिक सञ्जाल लगायत डिजिटल माध्यबाट प्रचार प्रसार र प्रशारणको निम्ति उपयोग गर्नेछ।

७) तोकिएका शर्तहरूको पालना नभएका र म्याद नाघी प्राप्त भएका भिडिओहरू स्वीकार गरिने छैन।

८) उत्कृष्ट भिडिओको छनोट स्वतन्त्र विज्ञ तथा आयोगका अधिकारी रहेको समितिबाट 
गरिनेछ।

९) उत्कृष्ट भिडिओहरू मध्ये छनोट समितिको सिफारिसमा रु.५०,०००।– (पचास हजार) पुरस्कार र प्रशंसापत्र प्रदान गरिनेछ।

१०) भिडिओ २० सेकेण्ड देखि १ मिनेट सम्मको भएमा मात्र मूल्यांकनमा समावेश गरिने छ। 

११) आयोगले तयार गरेका निर्वाचन सम्बन्धी भिडिओहरूमा पनि टिकटक निर्माण गर्न 
सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .