नेपाली फिल्म ‘पासो’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा अपहरणमा परेका दुई युवतीले बाँच्नका लागि गरेको संघर्ष छ। यो संघर्षको जिम्मा कलाकार रिस्ता बस्नेत र सुनिशा बजगाईंलाई दिइएको छ।
फिल्म ‘पासो’मा कथा, पटकथा, संवाद र निर्देशन कथा, पटकथा, संवाद र निर्देशन आर.बी पुनको छ। फिल्ममा भगवान् भुजलेले लगानी गरेका छन्। राजकुमार राउत कार्यकारी निर्माता रहेको फिल्ममा वसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना र सरस्वती गुरुङ सह–निर्माता छन्।
फिल्ममा रिस्ता र सुनिशाको साथमा रामकुमार बस्ताकोटी, प्रतीक दुलाल, प्रणव आकाशलगायतका कलाकारले शीर्ष भूमिका निर्वाह गरेका छन्। उत्तम हुमागाईंको छायांकन रहेको फिल्ममा सुरेश बस्यालको कोरियोग्राफी तथा भूपेन्द्र अधिकारीको सम्पादन छ।
फिल्म ‘पासो’ मंसिर १६ गतेदेखि देशभर प्रदर्शन हुँदै छ।
यस्तो छ ट्रेलर
Shares
प्रतिक्रिया