ad ad

कला


‘मेला’ सेटमा निर्देशकले कुरा नसुन्दा रोएका थिए आमिर खान

‘मेला’ सेटमा निर्देशकले कुरा नसुन्दा रोएका थिए आमिर खान

नेपालखबर
असोज ९, २०८१ बुधबार १५:०, काठमाडौँ

सन् २००० मा रिलिज भएको फिल्म ‘मेला’ मा आमिर खान र ट्विकल खन्ना एकसाथ देखिएका थिए। त्यतिबेलादेखि नै यी दुवै असल साथी हुन्।

एक पुरानो अन्तर्वार्तामा ट्विंकल खन्नाले फिल्म मेलाको सुटिङका क्रममा आमिर खान रोएको देखेको खुलाएकी छिन्। वास्तवमा त्यसबेला निर्देशकको व्यवहारबाट आमिर निकै दुखी थिए।

ट्विंकल खन्नाको पुस्तक मिसेस फनी बोन्सको विमोचन कार्यक्रममा आमिर खान पनि उपस्थित थिए। साथै करण जोहर पनि पुगेका थिए।

कुराकानीमा आमिरले भने, ‘ट्विंकल खन्नासँग काम गर्ने मेरो अनुभव निकै राम्रो थियो। उहाँसँग काम गर्दा धेरै रमाइलो भयो, हामी धेरै नजिक छौं।’ तर, ट्विंकलले फ्याट्टै आमिर ढुङ्गापछाडि गएर रोएको प्रसंग जोडिन्।  

‘तिमी किन यति बोरिङ कुरा किन गरिरहेका छौ। ढुङ्गापछाडि रोइरहेको कुरा पनि बताऊ न। यो साँच्चै भएको थियो। आमिर खान मेला निर्देशक धर्मेश दर्शनलाई एक सटको व्याख्या गर्न गएका थिए। तर, निर्देशकले सुन्न मानेनन्,’उनले भनिन्, ‘यी आमिर खान हुन्, जो आफ्नो कामप्रति निकै गम्भीर छन्। त्यो कुराले उनको मन निकै दुख्यो। म उसलाई खोज्न गएँ। त्यहाँ एउटा ठूलो ढुङ्गा थियो, आमिर त्यो पछाडि बसेर रोइरहेको थियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .