ad ad

कला


जुनियर एनटीआर अभिनीत ‘देवरा पार्ट १’ को अग्रिम बुकिङ आक्रामक

जुनियर एनटीआर अभिनीत ‘देवरा पार्ट १’ को अग्रिम बुकिङ आक्रामक

नेपालखबर
असोज ९, २०८१ बुधबार १४:१३, काठमाडौँ

जुनियर एनटीआरले अभिनय गरेको दक्षिण भारतीय फिल्म ‘देवरा पार्ट १’  सेप्टेम्बर २७ मा रिलिज हुँदै छ।

रिलिजको केही दिन बाँकी हुँदा फिल्मको अग्रिम बुकिङ खुलिसकेको छ। 

शिव कोरतलाको निर्देशनमा बनेको यो फिल्मले अग्रिम बुकिङमै करोडौँ रुपैयाँ कमाएको छ। तथ्याङ्कअनुसार यो फिल्म जुनियर एनटीआरको करियरको सबैभन्दा ठूलो एकल ओपनिङ फिल्म बन्न सक्छ।

सक्निल्कको रिपोर्टअनुसार हालसम्म ‘देवरा पार्ट १’ को ६ लाख ५० हजार ११८ टिकट अग्रिम बुकिङमार्फत बिक्री भइसकेको छ। जसमध्ये तेलुगु संस्करण ६ लाख साढे ३७ हजार, हिन्दी संस्करणको १० हजार ८६८, कन्नड संस्करणको ८५, तमिल संस्करणको १ हजार ४१४ टिकट र मलायालम संस्करणको १६ टिकटको लागि अग्रिम बुकिङ गरिएको छ।

यस फिल्मले सेप्टेम्बर २५ सम्म अग्रिम बुकिङमार्फत १६.६७ करोड कमाएको छ। जसकारण यसले पहिलो दिन भारतमा ५० करोडभन्दा बढीको व्यापार गर्ने ट्रेड विश्लेषकहरुको विश्वास छ। यसले विदेशमा ५० लाख डलर (४२ करोड भारु रुपैयाँ) कमाउनेछ। ट्रेड एनालिस्टको भनाइ सत्य साबित भएमा 'देवरा' ले उद्घाटन दिन विश्वभर १०० करोडको व्यापार गर्नेछ ।

सन् २०१८ मा रिलिज भएको जुनियर एनटीआरको फिल्म ‘अरविन्द्र समेथा’ उनको करिअरको सबैभन्दा सोलो ओपनिङ फिल्म हो। यस फिल्मले पहिलो दिन दिनभर ५८ करोड भारु कमाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .